सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गते देखि असोज २६ गते सम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने

चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गते देखि असोज २६ गते सम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने

काठमाडौं,असोज २२ गते । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गते मंगलबारदेखि असोज २६ गते शुक्रबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ ।यसअघि कम्पनीले८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता निष्काशन गरेकोमा बिक्री नभएको १ लाख ९५ हजार ३ सय कित्ता थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सर्वसाधारणको लागि निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गर्न लागिएको आईपीओ ८५ हजार ९ सय ३० जनाले १०–१० कित्ताका दरले पाउने छन् । उक्त कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend