२२ असोज , काठमाडौं। ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्य र संस्थाकि अध्यक्ष बिना बुधाचार्यको अध्यक्षतामा यही असोज २१ गते आइतबार उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सेयर सदस्यहरुलाई चुक्ता पूँजीको १० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा संस्थाको कुल चुक्ता पूँजी गत वर्षको तुलनामा १६.६२ प्रतिशतले वृद्धि भएर रु.२,१९,७५,६००/- पुगेको छ। यस वर्ष संस्थाले रु.१४,७५,४३,६४६.४७ निक्षेप संकलन तथा रु.१४,५५,१२,१६३/- कर्जा प्रवाह गरेको छ।
त्यस्तै कुल पूँजी तथा दायित्व र सम्पत्ति यस आ.व. २०७०/०८० को अन्त्य सम्ममा ११.९१% ले वृद्धि भई रु.१९,५६,९६,१६४.५० पुगेको संस्थाले जनाएको छ। संस्था को जम्मा आम्दानी यस वर्ष २ करोड ६१ लाख ४७ हजार रहेको छ।
ज्ञानज्योति सहकारीले यस वर्ष नेफ्स्कुनको ३६औं स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट साकोसको सम्मान प्राप्त गर्न सफल भएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend