सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आर्थिक समस्या समाधानका लागि सरोकारवाला सबै एकजुट हुनुपर्ने अध्यक्ष ढकालको भनाई

आर्थिक समस्या समाधानका लागि सरोकारवाला सबै एकजुट हुनुपर्ने अध्यक्ष ढकालको भनाई

काठमाडौं, असोज १९ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समस्या समाधानका लागि सरोकारवाला सबै एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार बुटवल उद्योग वाणिज्य संघको ७०औं साधारणसभा तथा २५औं अधिवेशनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । उनले सरकारसहित संघसंस्था तथा वित्तीय संस्था मिलेर आर्थिक समस्या समाधान गर्न सकिने बताए ।

ढकालले सरकारले ल्याएको आर्थिक नीति, राष्ट्र बैंकको नीति एवं उद्योगीरव्यवसायीको हकहितको विषयमा गम्भीर रूपमा छलफल नगरेमा देशको स्थिति थप खस्किने निश्चित रहेको जनाए ।

निजी क्षेत्रका व्यवसायीले दिने सुझावलाई उनीहरूको स्वार्थका लागि भनिरहेका छन् भनेर सोच्नु सरकारी पक्षको गलत मानसिकता भएको अध्यक्ष ढकालको भनाइ छ । सम्भावनाका प्रचुर अवसर भएको देश नेपाल छोडेर हजारौं युवा पलायन हुँदा समेत सरकारले वास्ता नगर्नुले भविष्यमा नेपाली आर्थिक क्षेत्रमा अप्ठेरो स्थिति आउने संकेत रहेको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend