१९ असोज , काठमाडौं । वलेफी हाइड्रोपावरले कम्पनीले पूँजी वृद्धि गर्ने प्रयोजनका लागि १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको असोज १८ गते, बिहीवार सम्पन्न साधारणसभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाबाट कम्पनीमा नयाँ संचालक समितिको निर्वाचन पनि सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष उमेश कसजुको सभापतित्वमा सम्पन्न साधारणसभाले पुनः कसजुको अध्यक्षतामा संचालक समितिको चयन गरेको हो।
नवनिर्वाचित संचालक समितिमा संस्थापक संचालकतर्फ अध्यक्ष कसजुका साथै सुलभ अग्रवाल , सुशिल गुप्ता , शक्ति कुमार गोल्यान , सन्दिप कुमार शारडा रहेका छन। सर्वसाधारण समुहबाट सुशान्त प्रधानाङ्ग चयन भएका छन।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
कम्पनीले सिन्धुपाल्चोकमा माथिल्लो बलेफी ए जलविधुत आयोजना (३६ मेगावाट) आयोजनाको निर्माण सम्पन्न गरि २०७९ साल मंसिर ०६ गते देखि व्यपारिक उत्पादन गरि रहेको छ । यस आयोजनाको निर्माण रु ९०३.०० करोडको लागतमा सम्पन्न भएको छ । जसमा कम्पनीले रु १८२.७९ करोडको स्वपूँजी परिचालन गरेको छ भने रु ६७४ करोड ऋण पूँजीको परिचालन गरिएको र बाँकि रकम संथापकहरुबाट ऋण लिइ सम्पन्न गरिएको कम्पनीले जनाएको छ । ऋण पूँजी ग्लोवल आइएमइ बैंक लि.को अगुवाई तथा सानिमा बैंक लि., एभरेष्ट बैंक लि. र राष्ट्रिय बाणिज्य बैंक लि. को सहवित्तियकरणबाट जुटाइएको हो ।
आयोजनाको निर्माण अवधिमा विश्वव्यापी महामारी कोभिड-१९ को कारणले गर्दा विभिन्न समयमा नेपाल सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको र उक्त विषम परिस्थितीलाई समेत व्यबस्था गरी सम्भव भएसम्म कम्पनीले आयोजनाको निर्माण कार्यलाई सुचारु राखि आयोजनाको निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । कोभिड-१९ को कारणले गर्दा सृजना भएको विषम परिस्थिती र निर्माण सामाग्रीको मुल्यमा आएको बृद्धि तथा अन्य विभिन्न कारणले गर्दा आयोजनाको निर्माण लागत केहि बढन गएको कम्पनीले जनाएको छ ।
आयोजनाको लागत पूर्ती गर्न हकप्रदक शेयर जारी गर्नु परेकोले मिति २०८० / ०४ / ०२ मा सञ्चालक समितिले निर्णय गरे अनुसार यस आ.व.को साधारण सभामा पेश गरि आगामी आर्थिक वर्षमा १:१ को अनुपातमा हकप्रद शेयर जारी गरिन लागेको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend