१७ असोज , काठमाडौं । कम्फोर्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष प्रकाश सिंह प्रधानको सभापतित्वमा असोज १७ गते बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
साधारणसभाले रिक्त रहेको लेखा समितिको संयोजक पदमा बाँकी अवधीको लागि आरती श्रेष्ठलाई निर्वाचित गरेको छ।
समिक्षा आर्थिक वर्षमा शेयर पूँजी रु. १५,५२२,२००.०० रहेको सहकारीको कूल पूँजी तथा दायित्व रु. २१४,४४२,११८.१० रहेको छ। संस्थाले यस आ.व. मा रु. १५९,३९३,१२६.०७ निक्षेप संकलन तथा रु. १४२,०६७,५८८.६० कर्जा लगानी गरेको छ। संस्थाको खुद मुनाफा रु. ५,२७५,११२.०४ रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend