सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘पेरिस फेसन वीक’ मा ऐश्वर्याको सौन्दर्यको जादु

‘पेरिस फेसन वीक’ मा ऐश्वर्याको सौन्दर्यको जादु

काठमाडौं ।बलिउड अभिनेत्री एवं विश्वसुन्दरी ऐश्वर्या राय बच्चनले पेरिस फेसन वीक २०२३ मा आफ्नो सौर्न्दर्य जादु छरेकी छिन।

फेसनको तीर्थस्थल मानिने पेरिसमा यतिबेला फेसन सप्ताह चलिरहेको छ । ‘पेरिस फेसन वीक २०२३’ नाम दिइएको यो कुम्भमा विश्वचर्चित सेलिब्रिटी र डिजाइनरले आगामी फल सिजनका पहिरन प्रस्तुत गरे ।

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनदेखि हलिउड अभिनेत्री जेन्डायासहितका स्टारले पेरिस फेसनको यो संस्करणमा फेसनको जादू छरे । हलिउडमा चलिरहेको हड्तालले प्रिमियर र फिल्म प्रवर्द्धनमा जान नपाएका सेलिब्रिटीको भीड फेसन शोमा देखियो ।

अभिनेत्री जेन्डाया फेसन ब्राण्ड लुइस भिटनको स्प्रिङ–समर २०२४ को पहिरनमा आकर्षक देखिइन् । यो फ्रान्सेली लक्जरी फेसन ब्रान्डको डिजाइन हेर्न रनवको पहिलो लहरमा ए–लिस्टर सेलिब्रिटी थिए । जसमा किम कार्दसियनदेखि फुटबल स्टार डेभिड बेकह्यामसम्म थिए ।


सेतो गाउनमा जेन्डाया बोल्ड देखिएकी थिइन् । फ्रान्सको प्रसिद्ध आइफल टावरले आयोजना गरेको ‘वाक योर वर्थ’ शोमा बलिउड अभिनेत्री ऐश्वर्या रायले पहिरन प्रस्तुत गरिन् । उनीसँगै केन्डल जेनर, इभा लोंगोरिया, एन्डी म्याकड्वेल पनि उपस्थित रहे ।

ऐश्वर्याकी छोरी तथा अमिताभ बच्चनकी नातिनी नाभ्या नाभेली नन्दाले सोमबार राति पेरिस फेसन सप्ताहमा डेब्यु गरिन् । उनी आमा ऐश्वर्या र हलिउड सेलिब्रिटी केन्डल जेनरपछि शोमा प्रस्तुत भएकी थिइन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend