काठमाडौँ । नव गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते राजधानीको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै चियापानको व्यवस्थापन र तयारीमा लाग्न पार्टीले जनसङ्गठनलाई निर्देशन समेत दिएको छ ।
पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ । विगतमा तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) ले अलग अलगरुपमा चाडपर्वका अवसरमा चियापनको आयोजना गर्दै आएकामा गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापन कार्यक्रम आयोजना हुन लागेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend