काठमाडौँ । केही दिन अघिबाट चिनीको मुल्य बृद्धी भएको भन्दै चौतर्फी बिरोध भएको छ । अहिले चिनीको मुल्य पसल पिच्छे फरक फरक देखिएको छ । यस्तै सरकारले चिनीको मूल्य विवाद समाधान गर्न र रणनीतिक अध्ययन गर्नेगरी ७ सदस्यीय समिति गठन गरेको छ । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा उखु उत्पादक, चिनी उद्योग, उपभोक्ता हितसम्बन्धी काम गर्ने संस्था तथा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका सहसचिव सदस्य रहने सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend