नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिवाद मिलाउन नेताहरु वैठक बस्ने भएका छन् । यसअघि प्रदेश कमिटी पदाधिकारी चयन र जिल्ला नेतृत्व चयनमा केपी शर्मा ओली पक्षले एकलौटी गरेको भन्दै माधव नेपाल पक्षले असन्तुष्ट पोख्दै आएका छन् ।
साथै माधव नेपालले कमिटी पदाधिकारी चयनमा असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गर्दै आएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि सचिवालय बैठक बोलाईएको हो । यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए ।
सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने स्रोतले जनाएको छ । प्रदेश कमिटीका सदस्यहरुको चयन तथा जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण सम्बन्धी मापदण्डमा संशोधन गर्ने गरी सचिवालय बैठकमा प्रस्ताव पेश हुने भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend