काठमार्डौ । विसं २०१६ सालमा स्थापित भएको काभ्रेपलाञ्चोक जिल्लाको पुरानो अग्रणी शैक्षिक संस्था मध्ये श्री डेडीथुम्का माध्यमिक विद्यालय पनि एक हो । २०३८ देखि २०७४ सालसम्म हजारौं विध्यार्थीहरुले आ–आफ्नो माध्यामिक तहसम्मको अध्ययन पुरा गरिसकेका छन् ।
डेडीथुम्कामा अध्ययन गरेका हजारौ विध्यार्थीहरु मध्ये कति जना राज्यका विभिन्न तह र जिम्मेवारीमा पुगिसकेका छन् भने कोही डाक्टर, इन्जिनियर त राजनीतिमा लाग्नेहरु सांसद, मन्त्रीसमेत भई जनसेवामा तल्लिन छन् । यस्तै समुह मध्ये २०५२ साल समुहको सक्रियतामा सम्पूर्ण पूर्व विध्यार्थीहरुको साझा थलो बनाउने उद्देश्य राखेर २०७५ श्रावण ३ गते “डेडीथुम्का फाउन्डेसन” नामको सामाजिक संस्था दर्ता गरिएको फाउण्डेसन तदर्थ समितिका अध्यक्ष टोमप्रसाद सापकोटाले बताए ।
अधिकांश सामाजिक संस्थाहरु अन्य दात्रृ निकायहरुको सहयोगको आशामा खुल्ने र केहि समयपछि बन्द हुने गरेको वर्तमान परिप्रेक्षमा आर्थिक अभावका कारण कसैले पनि शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने कुरालाई साकार पार्न एवं आफैबाट पनि परिर्वतन सम्भव छ भन्ने मान्यता राख्ने पुर्व विध्यार्थीहरु, शिक्षक तथा अन्य सामाजिक भावना भएका समुह मिली एक अक्षयकोष स्थापना गरि प्राप्त ब्याजबाट आफु अध्ययन गरेको तथा आसपासका बिद्यालयहरुमा अध्ययन गर्ने, सामाजिक रुपमा पछाडि परेका, सिमान्तकृत, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विध्यार्थीहरुलाई हरेक वर्ष छात्रवृद्धि प्रदान गर्ने पवित्र उद्देश्यले स्थापना भएको उक्त फाउण्डेसनले विजयादशमी तथा शुभ–दिपावली २०७५ को अवसरमा यही कार्तिक १ गते नवमीका दिन विहान ७ः३० बजे मण्डनदेउपुरको केन्द्र कुन्ताबेशींमा शुभकामना आदानप्रदान साथै फाउन्डेसनको नीति तथा कार्यक्रमका बारेमा छलफल आयोजना गर्न लागिएको तदर्थ समिति सचिव राजनप्रसाद पराजुलीले जानकारी दिए ।
विजया दशमीको अवसर पारेर आयोजना हुने कार्यक्रममा डेडीथुम्कामा अध्ययन गरेका सबैजसो विद्यार्थी तथा अध्यापन गर्नुहुने शिक्षकहरुको सहभागिता रहने अपेक्षा रहेकोे फाउन्डेसन तदर्थ समितिका सदस्य बलराम सापकोटा बताउँछन् ।
परोपकारी काम गर्ने उद्देश्य पुरा गर्न सबैको साथ सहयोग रहनेमा आफुहरु विश्वस्त रहेको आयोजकको दाबी छ ।
प्रायजसो सधैंसबै दाताले दिन्छन् अनि सामाजिक संस्थाले कार्यक्रम सञ्चालन गर्दछन् वा बाँड्छन् मात्रै होइन सामुहिक प्रयास र अभियानबाट एक्लैले गर्न नसकिएला तर सबैको एकता र प्रयासले उल्लेखनीय काम गर्न सकिनेमा दुईमत नहोला ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend