सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

२०३२ सालमा घर छाडेर हिँडेका मुक्तान फेसबुकमार्फत भेटिए

२०३२ सालमा घर छाडेर हिँडेका मुक्तान फेसबुकमार्फत भेटिए

मकवानपुरको कैलाश(८ दुब्लुङका धनबहादुर मुक्तान (मामा) फेला परेका छन् । हवराका लालबहादुरका माइला छोरा धनबहादुर १३ वर्षमै २०३२ सालमा घर छाडेर हिँडेका थिए भने बेखबर थिए ।

झण्डै ४३ वर्षदेखि बेखबर मुक्तान भारतको इलाहावादस्थित साम हिगिनबटम युनिभर्सिटी (एग्रिकल्चर इन्ष्टिच्युट)मा मुख्य भान्सेको रूपमा कार्यरत रहेको भेटिएको हो ।

उनी परिवारसँग सम्पर्कमा आउन चाहेको र घर फर्कन चाहेको खबर फेसबुकमा पोष्ट भएपछि कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले परिवारसँग सम्पर्क गराएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend