सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मेरो समर्थनमा एउटा लहर नै चलेको छ, म चुनाव जित्छुः उपसभापति पदका उम्मेदवार नगेन्द्र खनाल

मेरो समर्थनमा एउटा लहर नै चलेको छ, म चुनाव जित्छुः उपसभापति पदका उम्मेदवार नगेन्द्र खनाल

 

 

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं १ ढाकाबाङ्गमा २०३० सालमा जन्मिनु भएका नगेन्द्र खनाल २०४५ साल देखि बिद्यार्थी राजनीतिमा बिभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गदै आउनु भयो । उहाँले सक्रिय राजनीतिबाट कुनै दिन बिश्राम लिनु भएन । २०४६ सालको बहुदलीय ब्यवस्था आए पछि मसालको गढ भनेर चिनिने ढाकाबाङ्गमा काँग्रेसको राजनीति गर्न त्यति सजिलो थिएन । त्यस्तो बेलामा पनि ढाकाबाङ्गमा नेपाली काँग्रेसको संगठन बिस्तारमा खनालको सक्रिय भूमिका रहेको छ । अहिले उहाँ नेपाली काँग्रेस अर्घाखाँची निर्वाचन क्षेत्र नं १ (क) उपसभापति पदमा उम्मेदवारी दिनु भएको छ । तपाईको उम्मेदवारी किन र के को लागी लगायतका बिषयमा उहाँ संग गरिएको अन्तरबार्ता ।

(१ )आराम हुनुहुन्छ ?

ठिक छु ।

(२ )अहिले के मा ब्यस्त हुनु हुन्छ ?

म अहिले राजनीतिमा नै ब्यस्त छु । नेपाली काँग्रेस अर्घाखाँची निर्वाचन क्षेत्र न १ क उपसभापति पदमा उम्मेदवारी दिएको छु । अहिले म चुनाबी प्रचारमै छु । धेरै साथी भाईहरुको फोन आउँछ । मेरो समर्थनमा एउटा लहर नै चलेको छ । मलाई धेरै नेता कार्यकर्ताहरुको साथ र समर्थन रहदै आएको छ । त्यसैले म चुनाव जित्छु ।
(३ )के छ तपाईले चुनाव जित्ने आधार ?

मेरो पक्षमा धेरै नेता कार्यकर्ता लागेका छन । नगेन्द्र खनालले उपसभापति पदमा जसरी पनि जित्नु पर्छ भनेर केन्द्र देखि जिल्ला हुदै स्थानीय तह सम्म नेता कार्यकर्ता सक्रिय रुपमा लागी रहेका छन । मेरो त्याग, तपस्या र लामो समय सम्मको राजनीति लगानी र मेरो इमान्दारीता नै चुनाव जित्ने आधार हो ।
(४) के तपाई चुनाव जित्ने कुरामा ढुक्क हुनुहुन्छ ?

म ढुक्क छु । मेरो पक्षमा ठूलो माहोल निर्माण भइरहेको छ । धेरै साथी भाईहरुको सुचना पाइरहेको छु । सवै तिर मेरो पक्षमै प्रचार भइरहेको पाइरहेको छु ।
(५) तपाई राजनीतिमा सक्रिय भएको कहिले देखि हो ?

२०४५ साल देखि सक्रिय राजनीतिमा छु । मसालको गढ भनेर चिनिने ढाकाबाङ्गमा काँग्रेसको राजनीति गर्न त्यति सजिलो थिएन । त्यस्तो बेलामा पनि ढाकाबाङ्गमा नेपाली काँग्रेसको संगठन बिस्तारमा मेरो सक्रिय भूमिका रहयो । राजनीतिमा थकाई मारेको छैन । झन झन सक्रिय छु । पार्टीले मेरो आबश्यकता चाहेको छ । त्यसैले नेपाली काँग्रेसलाई बलियो र शक्तिशाली बनाउन मेरो भूमिका र सक्रियता सधै रहिरहने छ ।
(६) केन्द्रीय नेताहरु समेत मेरो पक्षमा छन भन्नु भयो के छ त्यस्तो आधार ?

२०४८ र २०५१ सालको संसदीय चुनावमा  नेपाली काँग्रेसलाई   जिताउने कुरामा मेरो सक्रियता धेरै रहेको थियो ।  साथै हरेक संसदीय चुनाव तथा नेपाली काँग्रेसले नेतृत्व गरेका पटक पटकका परिबर्तनका निम्ति गरिएका आन्दोलनमा भाग लिई आफनो ठाउँबाट पार्टीले दिएको जिम्मेवारी बहन गर्न  निरन्तर लागी रहेको छु  र लागीरहने प्रण गर्दछु ।   राजनीतिमा मेरो सक्रियता कति थियो र छ त्यो इतिहासले बताउँछ ।  अग्रज नेताहरु मेरो पक्षमा  हुनुहुन्छ  भन्नुको मुख्य आधार मेरो निरन्तर  राजनीति सक्रियता र योगदान नै  हो ।
(७ )अर्घाखाँचीमा नेपाली काँग्रेसको राजनीति अबस्था कस्तो छ ?

अर्घाखाँचीमा नेपाली काँग्रेसको राजनीति अबस्था हिजो पनि बलियो थियो आज पनि बलियो छ । गएको चुनावमा बामगठबन्धन मिलेर चुनाव लडेका कारण हामी पराजीत भएका थियौं । हाम्रो शक्ति कमजोर छैन । अब आउँदो चुनावमा काँग्रेसलाई हराउन कसैले सक्दैन । एमाले फुटेको छ । माओवादी केन्द्रको त्यति संगठन बलियो छैन । अब चुनाव जित्ने भनेको नेपाली काँग्रेसले नै हो ।
(८)के अर्घाखाँची जिल्ला काँग्रेसमय नै बनेको हो ?

हो, अर्घाखाँची जिल्ला काँग्रेसमय नै बनेको छ । आउँदो चुनावमा सवै कुरा प्रष्ट हुन्छ । अर्घाखाँचीमा एमाले देखि सबै पार्टी कमजोर छन । बलियो भनेको काँग्रेस पार्टी नै हो ।
(९)जादा जादै तपाई नेपाली काँग्रेस अर्घाखाँची निर्वाचन क्षेत्र न १ क उपसभापति पदमा उम्मेदवारी दिनु भएको छ, प्रतिनिधिहरुबाट के आशा राख्नु भएको छ ?

मैले सम्पूर्ण प्रतिनिधिहरुवाट भोटको आशा राखेको छु । उपसभापति पदमा उम्मेदवारी दिएको छु । मलाई उपसभापति पदमा जिताएर काम गर्ने अबसर दिनुस् भन्न चाहान्छु । कुरा गरेर मात्र हुदैन, काम गरेर देखाउनु पर्छ । म कुरा गर्ने भन्दा काम गरेर देखाउने काँग्रेसको इमान्दार कार्यकर्ता हु । सबै प्रतिनिधि साथीहरुले मलाई एक पटक मौका दिनुस म काम गरेर देखाउछु ।
(१०) अन्त्यमा के ही भन्नु छ ?

छैन, धेरै कुरा भनि सके । कुरा यिनै हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend