शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

समाजवादीको पक्षमा चर्को बोले रिजाल, गरे कसैले पत्याउनै नसक्ने दाबी !

समाजवादीको पक्षमा चर्को बोले रिजाल, गरे कसैले पत्याउनै नसक्ने दाबी !

 

 

काठमाण्डौं । नेकपा एकिकृत समाजवादीका नेता राम प्रसाद रिजालले आगामी निर्वाचनमा एमालेलाई बत्ती बालेर खोज्नुपर्ने बताएका छन । हिजो
बिराटनगरमा  चर्को बोल्दै सो कुरा बताएका हुन ।

ओली विर्तामोड आउदा ५०० नभएको र  माधव नेपाल आउदा ६००० भन्दा बढी जनताको उपस्थित भएको रिजालले दाबी गरे । ओलीको एमालेमा २० प्रतिशत र माधव नेतृत्वको पार्टी नेकपा एकिकृत समाजवादीमा ८० प्रतिशत नेता कार्यकर्ता रहेको उनले बताए । सबै जसो जिल्लामा  समाजवादीको पक्षमा जनलहर देखिएको उनको भनाई छ । आगामी निर्वाचनमा समाजवादी पार्टी पहिलो शक्ति हुने रिजालले दाबी गरे ।

उनले भने, ‘ओलीले सबै कुरा सकिसके अब एमाले बांकी छ त्यो पनि सक्छन । एमालेको विधानले ओलीलाई मालिक र अरु सबैलाई सेवक बनायो ।”
आफुले माधव नेपालको साथ नछोडेको जानकारी समेत उनले दिए ।

उनले भने, ‘ओलीसंग बिकेर कार्यदलको सदस्यहरुले माधव कुमार नेपाललाई बाईपास गरेर एक पक्षीय ढंगले गरिएको १० बुदे सहमतिको नाटक नै एमाले विभाजनको प्रमुख कारण बन्यो ।”

नेकपा एकिकृत समाजवादी पार्टी मात्र कम्युनिस्ट पार्टी भएको उनले दाबी गरे । एमाले कम्युनिस्ट पार्टी होईन, एमाले आगामी चुनाव पछी सकिन्छ उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend