काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आजको भाषणले राजनीतिमा तरंग ल्याएको छ । उनले आफ्नो पार्टीलाई कसैले मास्न नसक्ने दाबी गरेका छन्। एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल एमाले बिगार्न कुदेको बताएका हुन्।
‘बिचरा माधव नेपाल कुदेंको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ।’ उनले भने, ‘माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन्। एमालेलाई कसैले मास्न सकेन। ’ राणा शासनले समेत एमाले विगार्न नसकेको बताए।
उनले भने, ‘हामी देश बनाउने अभियानमा छौं। उनीहरु धनी हुन गएका हुन्। हाम्रो कार्यक्रम समाजवाद उन्मुख कार्यक्रम रहेको छ। हामी कार्यकर्ताहरुले समाजवादका बारेमा स्पष्ट पारिदिनुपर्छ। ’
उनले समृद्ध नेपाल बनाउने र नेपालीलाई सुखी बनाउने भनेकै समाजवाद रहेको दाबी गरे। ओलीले भने, ‘देशबाट गरिबी हटाउनुपर्छ, गरिबी हटाउनुपर्छ। उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ। बेरोजगार रहन दिनु हुँदैन।’ उनले भने, ‘समाजवाद नबुझेर एमालेबाट फुटेर गएको चुइटोले पार्टीको नाम समाजवादी राखेका छन्।’ एमालेको विरोध गर्नेहरु राष्ट्रियता र देश विरोधीहरु भएको ओलीको भनाई छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend