शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राजा नेपालको राष्ट्रियता एवंम नेपाली जनताको एकताको प्रतिकः शर्मा

राजा नेपालको राष्ट्रियता एवंम नेपाली जनताको एकताको प्रतिकः शर्मा

 

 

काठमाण्डौं । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले  राजा ज्ञानेन्द्र शाहको मौनता पछिको अभिब्यक्तिले नेपाली जनता र बिश्वले आशाको दियो चम्कने अनुमान गरिरहेको बताएका छन ।

उनले खवर बे्रकिङ संग कुरा  गर्दै यस्तो बताएका हुन । उनले भने, ‘राजा ज्ञानेन्द्रको मौनता पछिको अभिब्यक्तिले नेपाली जनता र बिश्वले आशाको दियो चम्कने अनुमान गरिरहेका छन ।”

राजा नेपालको राष्ट्रियता एवंम नेपाली जनताको एकताको प्रतिक भएको उनको भनाई छ । नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिका लागी संरक्षण गर्नु पर्ने दायित्व उहाँमा निहीत रहेको शर्माले बताए ।

उनले भने, ‘राजा नेपालको राष्टियता एवंम नेपाली जनताको एकताको प्रतिक होइबक्सन्छ । नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिका लागी संरक्षण गर्नु पर्ने दायित्व उहाँमा नीहित रहेको छ ।”

श्री ५ बडामहाधिराज पृथ्वीनारायण शाहका बंशज आर्य संस्कृतिका अनुयायी हिन्दु धर्मालम्वि भएकाले राजाको उच्चतम महत्व रहेको शर्माको भनाई छ । दलीयताले जीर्ण भएको र चौतर्फी दोहन भएकाले देश संकटमा परिराखेको उनले बताए । सर्वोच्च अदालत परिसर भित्रको हिजोको घटनाले दलीयताले कमाएको उपल्लो अवस्थालाई प्रस्ट पार्दैन र ? भन्दै शर्माले प्रश्न उठाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend