शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यप्रति बाबुराम भट्टराईले दिए यस्तो कडा जवाफ !

पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यप्रति बाबुराम भट्टराईले दिए यस्तो कडा जवाफ !

 

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको अवसरमा जारी गरेको राजतन्त्रवादी भिडिओ सन्देशप्रति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार भिडिओ सन्देशमार्फत प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन नसक्ने जिकिर गरेका छन्।

त्यसैको जवाफ सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा भट्टराईले सामाजिक सञ्जालमार्फत दिएका हुन्। डा भट्टराईले पूर्वराजा शाहलाई देश र जनताप्रति अलिकता पनि जिम्मेवारी बोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकारेर बस्न सुझाव दिएका छन्। फेरि राजतन्त्र पुनः स्थापनाको कुरा गर्नु भनेको देशलाई पुनः द्वन्द्वमा धकेल्नु भएको चेतावनी पनि डा भट्टराईले दिएका छन्।

‘राजसंस्थाबिनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिङसहितको खरायो खोज्न लगाउनुजस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो’, डा भट्टराईले भनेका छन्, ‘पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारी बोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend