काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको कायैशली र निर्णयहरुप्रति आपत्ति जनाएका छन् । अघिल्लो सरकारले गरेका निर्णय रद्द तथा मन्त्रिपरिषदमा न्यायलयलाई दिइएको भागबण्डालगायतमा उनले कटाक्ष गरेका छन् ।
“सदनमा एकजना माननीयले भन्नु भा’थ्यो– सरकार कसरी चलाउनु पर्छ, हामी देखाउने छौं । ठिकै भन्नु भा’रैछ,” ट्विटरमा उनले लेखेका छन्, “भूमि आयोग खारेजी, जयसिंह थामी बेपत्ता, १४ सय सड़क आयोजना रद्द, कालो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार अनि मोतीपुर गोली काण्ड । सय दिनमै यति देखेपछि बाँकी के नै रह्यो र ? ”
वर्तमान सरकारको कार्यशैलीप्रति एमाले नेताहरुले चर्को आलोचना गर्दै आएका छन् । एमालेले प्रतिनिधि सभामा समेत नारावाजी गर्दै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend