काठमाण्डौं । नेकपा एकिकृत समाजवादीका प्रखर बक्ता राम प्रसाद रिजालले माधव कुमार नेपालले सगरमाथा भन्दा माथिको उच्चाई हासिल गरेको बताएका छन । नेपालका अरु नेता भन्दा माधव कुमार नेपालको राजनीतिक उच्चाई अग्लो भएको उनको भनाई छ । उनले भने, ‘नेता नेपालले आफ्नो राजनीति भविष्य दाउमा राखेर संसद मात्र होईन संघिय लोकतांत्रिक व्यवस्थालाई नै बचाउनु भयो ।”
आगामी निर्वाचनमा नेकपा एकिकृत समाजवादी पहिलो शक्तिशाली कम्युनिस्ट पार्टी हुने दाबी समेत उनले गरे । उनले भने, ‘अब देश चलाउने भनेको समाजवादी पार्टीले हो । हेदै जानु होला आगामी चुनाव पछि मुलुक नेकपा एकिकृत समाजवादीमय हुन्छ ।नेकपा एमाले चुनाव पछि खुम्चिन्छ ।
सुर्य चिन्ह कम्युनिस्ट होईन चिन्हले चुनाव जित्ने भो ओलीले पनि चुनाव हारेका छन ०६४ सालको चूनावमा एमालेले कमजोर परिणाम ल्याएको थियो अबको चुनावमा ओलीको पार्टीको हालत कमल थापाको पार्टी जस्तै हुन्छ बढीमा एमालेले १० सिट ल्याउछ ।माधव नेपालले एमाले फुटाएका होईनन नया वास्तविक कम्युनिस्ट पार्टीको निमार्ण गरेर नेपालमा अहिले सम्म कम्युनिस्ट आचारणको पार्टी थिएनन त्यो अभावलाई नेकपा एकिकृत समाजवादी खोलेर पुरा गरेका छन एमाले त कमल थापाहरुको राप्रपा जतिको पार्टी पनि अब रहेन र माधव नेपाल झलनाथ खनाल बेदुराम भुसाल प्रकाश ज्वाला जगन्नाथ खतिवडा विरोध खतिवडा वलदेव चौधरी रामकुमारी झाक्री राजेन्द्र राई घनेन्द्र बस्नेत राममणि पोखरेल लगाएत बिनाको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend