सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालीहरूको ठूलो चाड दसैं सुरु, सामाजिक दूरी कायम गरौं

नेपालीहरूको ठूलो चाड दसैं सुरु, सामाजिक दूरी कायम गरौं

 

 

नेपालीहरूको ठूलो चाड दसैं सुरु भइसकेको छ । यो पर्व १५ दिनसम्म घुमधामका साथ मनाइने गरिन्छ । कोरोना महामारी संक्रमणमा हामीले सोचेको जस्तो कमी आएको छैन । यति बेला देशमा निषेधाज्ञा वा लकडाउन भने छैन ।

तर, पनि यो कोरोनालाई कसैले खेलवाड नगरौं । कोरोना भनेको महामारी हो । बढी भिडभाड गरियो भने संक्रमण बढन सक्छ । मानिस खचाखच भरिएको यात्रुवाहक साधनहरूमा यात्रा गरिरहेका छन् । काठमाडौंलगायतका सहरमा भिडभाड निकै बढिरहेको छ ।

काठमाडौंबाहिर निस्कनका लागि बस तथा विमानहरूको टिकट बुकिङ खुला गरिएको छ । गोंगबुलगायतका बस तथा मिनिबस टिकट काउन्टरहरूमा मानिसको बाक्लो उपस्थिति देखिन्छ ।

मानिसहरूले मास्कको प्रयोग गरे पनि आवश्यक भौतिक दूरी भने कायम गरेको देखिँदैन । दसैंका लागि विदेशमा गएका नेपालीहरूको पनि बाक्लो भीड नेपाल आइपुगेको छ ।

कोरोना महामारी संक्रमणका कारण र त्यस पछि उत्पन्न समस्याका कारण नेपालीहरुको दिल त्यति खुशि छैन ।पोहोर साल पनि दसैं त्यस्तै भयो । यस बर्षको दशैमा भने गाउँघरमा मानिसको बाक्लो उपस्थिति हुने देखिएको छ ।

यो बाक्लो उपस्थितिमा सामाजिक दूरी कायम गर्नु पर्ने हुन्छ । कोरोना अझै समाप्त भइसकेको अबस्था छैन । स्वास्थ्यकर्मी तथा महामारी विशेषज्ञहरुले चिन्ता प्रकट गरिरहेका छन् ।

स्वदेशमा रहेका र विदेशबाट आएकाहरूको खुला जमघट र भेटघाटले नेपालमै कतै संक्रमणको अर्को स्वरूप निम्त्याउने त होइन भन्ने प्रश्न पनि उठिरहेका छन । दसैंमा सबैले भेटघाट गर्दा सचेत र सर्तकता अपनाउनु पर्ने देखिन्छ । दसैं लगत्तै कात्तिक महिनामा तिहार पनि सुरु भइसक्छ ।

यो समयमा हरेक मानिस एकअर्कामा भेटघाट गर्दा माक्स र सामाजिक दुरी कायम गर्न भने छुटाउनु हुदैन । यी पर्वहरूमा हुने घुलमिल र भेटघाटले कोरोना निम्त्याउन सक्छ । हामी सबै सचेत बनौं ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend