फाइल तस्बिर
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।
उनले रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी गठन गर्ने घोषणा गरेका हुन्।
नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता राजनीतिक अभियान चलाइरहेका थिए। भ्रष्टाचार, अन्याय, अत्याचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार सम्मेलनमा दाबी गरेका छन्।
खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताए। त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताए।
‘देशभरि नेपाल आमाको रगत खानेहरूलाई हामी कानुनी दायरामा ल्याउँछौं,’ खरेलले भने, ‘यो रहरले नभएर बाध्यताले गर्दा पार्टी स्थापनामा जुटेको हो।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend