शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालले नवनियुक्त मन्त्रिहरुलाई के दिए त्यस्तो निर्देशन, मन्त्रिहरुको भयो ध्यान आकर्षित

माधव नेपालले नवनियुक्त मन्त्रिहरुलाई के दिए त्यस्तो निर्देशन, मन्त्रिहरुको भयो ध्यान आकर्षित

 

 

काठमाडौँ । नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमानदारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले इमानदारता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताएका हुन् । उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराएका छन् । कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए ।

उनले भने – ‘तपाइहरूले इमानदारीताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । इमानदारता र कर्तव्यनिष्ठको भावनालाई सर्वोपरि राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईँहरूको ध्यान म आकर्षित गर्न चाहन्छु । काम गर्दाखेरी राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मेवारी तपाईँहरूले सम्हाली रहनु भएको छ । त्यो संस्थाको हितलाई केन्द्रबिन्दुमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दुमा राखेर तपाईँहरूले काम गर्नु हुनेछ । यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईँहरूले केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुन नहुनेमा जोड दिएका छन् । उनले पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न समेत निर्देशन दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend