शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विश्व कीर्तिमानी गीतकार डा उपाध्यायको ‘नवदुर्गा भजन’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा उपाध्यायको ‘नवदुर्गा भजन’ सार्वजनिक

 

 

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । दशैँको अवसर पारेर सार्वजनिक गरिएको भजनमा सागर अधिकारी ‘शरद’को स्वर तथा संगीत छ । भजन भिडियो सहित सार्वजनिक भएको हो । जसको भिडियो खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतको अभिनय छ । भिडियो सनम तामाङले छायाँकन गरेका हुन् ।

‘दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष समयमा यो दुर्गा भजन सार्वजनिक गरिएको हो’, डा उपाध्यायले भने ।

गीत सङ्गीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेका उपाध्यायका २४ एल्बम गरेर सायौ गीत बजारमा आएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend