काठमाडौं । कृषि तथा पशुपक्षीमन्त्री महिन्द्र राय यादवले देशको अर्थतन्त्रको बलियो आधार कृषि क्षेत्र भएको बताएका छन्। मन्त्रालयमा आज पदवहाली गरेपछि नवनियुक्त मन्त्री यादवले यस क्षेत्रलाई वैज्ञानिक ढङ्गबाट अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।
उनले महामारीका कारण अहिले विषम परिस्थिति रहेकाले किसानलाई सक्दो सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिँदै कृषि क्षेत्रको समस्याको पहिचान गरी समाधानमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
मन्त्रालयमा सचिवद्वय डा कृष्णप्रसाद आचार्य, डा गोविन्द शर्मा, सहसचिव प्रकाश सञ्जेल, उपसचिव टेकप्रसाद लुइँटेललगायत कर्मचारीले मन्त्री यादवलाई मन्त्रालयमा पुग्दा स्वागत गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend