शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जसपाले टुंग्यायो चार मन्त्रीको नाम

जसपाले टुंग्यायो चार मन्त्रीको नाम

 

 

काठमाण्डौं । जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको छ। जसपाका एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाह रहेका छन्।

उनीहरूले पाउने मन्त्रालयको टुंगो भने लागेको छैन। गठबन्धनका दलहरूबीच जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको छ।

मन्त्रीहरूको नाम लगभग टुंगिएको छ। औपचारिक नाम सार्वजनिक हुन बाँकी छ,ु जसपाका ती नेताले भने,ुमन्त्रीको नाम फाइनल भएपछि बाबुरामजी आजै गोरखा गइसक्नुभएको छ।ु

जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend