शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आगामी चुनाव पछि मुलुक काँग्रेसमय हुन्छः खतिवडा

आगामी चुनाव पछि मुलुक काँग्रेसमय हुन्छः खतिवडा

 

 

काठमाण्डौं । नेपाली काँग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले देश बिकासको मार्गचित्र नेपाली काँग्रेस संग मात्र भएको दाबी गरेका छन । आज खवर बे्रकिङ संग कुरा गदै नेता खतिवडाले यस्तो बताएका हुन ।

देशको बिकास नेपाली काँग्रेस बाहेक अरु दलले गर्न नसक्ने उनको दाबी छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याएर देखाउने उनले बताए । उनले भने, ‘नेपाली काँग्रेसले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउँछ । अहिलेको परिस्थितीमा अरु दल भन्दा काँग्रेस बलियो छ । आगामी चुनाव पछि मुलुक काँग्रेसमय हुन्छ ।”

कम्युनिष्टबाट देश बिकास हुन नसकेकोले अब जनताले दुई तिहाई बहुमत काँग्रेसलाई दिने खतिवडाले ठोकुवा गरे । देश बिकास भाषण र कुराले मात्र नहुने त्यसको लागी स्पस्ट मार्गचित्र चाहिने खतिवडाको भनाई छ ।

काँग्रेस भित्र कुनै बिवाद नरहेको र आगामी चुनावमा काँग्रेस एक ढिक्का भएर अघि बढने उनले बताए । ब्यवस्था परिवर्तनमा काँग्रेसको प्रमुख भुमिका रहेको र परिवर्तनबाट प्राप्त उपलव्धिहरु संस्थागत गदै संरक्षण गर्ने कुरामा काँग्रेस सधै सचेत रहेको स्पस्ट पारे । मन्त्री परिषदले भोली सम्ममा पूर्णता पाउँने बिश्वास समेत खतिवडाले ब्यक्त गरे । मन्त्री परिषद बिस्तार हुन ढिला भएको काँग्रेसको कारण नभएर अन्य कारण भएको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend