काठमाडौं । दशैंको मौका छोपी यात्रुलाई ठग्न खोज्ने ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बसपार्कका विभिन्न काउन्टरमा बिना परिचयपत्र उनीहरु यात्रु ठग्न तल्लीन रहेका अवस्थामा प्रहरीले पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।
पक्रा पर्नेहरुमा भरतपुर चितवनका ३८ वर्षीय समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू, सुनसरीका २८ वर्षीय सविन राई, काठमाडौं बस्ने ४६ वर्षीय राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरु, कैलालीका २९ वर्षीय रमेश कठायत, कलंकीबाट ३९ वर्षीय नवीन केसी, बल्खुबाट अरुण मगर र ३७ वर्षीय विनोद रानालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई प्रहरीले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको छ । हाल महाशाखाले दशैंको समयमा यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend