शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेका ठूलै नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश

एमालेका ठूलै नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश

 

 

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए । समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।

‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु’, अध्यक्ष ओलीलाई सम्बोधन गरेर दिएको राजीनामामा जोशीले भनेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend