शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जनताले राजसंस्था खोजिरहेका छनः बिष्णु प्रसाद शर्मा

जनताले राजसंस्था खोजिरहेका छनः बिष्णु प्रसाद शर्मा

 

 

काठमाण्डौं । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले अब नेपालमा राजसंस्थाको आबश्यकता रहेको बताएका छन । नेपालको अस्तित्व जोगाउँन राजसंस्थाको आबश्यकता रहेको उनले बताए ।

उनले एमसीसी सम्झौता राष्टघात भएको बताए । यो सम्झौता खारेज हुनु पर्ने उनको भनाई छ । उनले भने, ‘एमसीसी सम्झौता राष्टघात हो , यो खारेज हुनु पर्छ । नेताहरुको आफनो स्वार्थका लागी गरिएको सम्झौता हो । एमसीसी देश र जनताको हितमा छैन ।”

देशमा बिदेशी चलखेल बढेकोमा उनले चिन्ता समेत ब्यक्त गरे । राजनीतिक दल र तिनका नेताहरुको गलत प्रबृति र गलत संस्कारले देश बर्बाद हुदै गएको उनले बताए । लामो समय सम्म राजनीतिक दल र तिनका नेताहरुको परिक्षण जनताले गरिसकेको र यिनबाट अब आश गर्नु बेकार रहेको उनले बताए ।

अहिले जनताले राजसंस्था खोजिरहेको उनको भनाई छ । अब मुलुक नयाँ ढंगले अघि बढने उनले बताए । दलहरु असफल भएकोले अब जनताले देश बचाउँन राजा ज्ञानेन्द्र शाहलाई प्रमुख भूमिका खेल्नका लागी ल्याउनु पर्ने बताए । उनले त्यो बातावरण निर्माण भइसकेको समेत दाबी गरे । उनले ,’भने राजा आउ देश बचाउँ भन्दै दिनौं सडकमा नारा जुलुस भईरहेको छ । जनताको यो आवाज कसैले रोक्न सक्दैन । राजसंस्था आउँछ आउँछ । नभए देश नबँच्ने भयो ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend