सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको भाउ तोलामा घट्यो, चाँदी स्थिर

सुनको भाउ तोलामा घट्यो, चाँदी स्थिर

 

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

मंगलबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, सोही परिमाणको तेजावी सुनको मूल्य ८९ हजार ८५० रुपैयाँ रहेकोमा आज ८९ हजार ४५० रुपैयाँ रहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । यो दिन चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend