शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादी केन्द्रको बैठक बस्दै, मन्त्री छान्ने तयारी

माओवादी केन्द्रको बैठक बस्दै, मन्त्री छान्ने तयारी

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

‘विभिन्न समसामयिक विषयमा छलफल हुन्छ । त्यसमा पनि खासगरी आज सरकारकै विषयमा छलफल केन्द्रीत हुन्छ’, गजुरेलको भनाइ छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउनेछ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विभिन्न विभाग, आयोग, मञ्च लगायतको पूर्णता दिनेबारे छलफल हुने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend