शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महन्थ ठाकुरको पार्टी लोसपा सरकारमा जाने हल्ला के हो ? यसो भन्छन् नेताहरु

महन्थ ठाकुरको पार्टी लोसपा सरकारमा जाने हल्ला के हो ? यसो भन्छन् नेताहरु

 

काठमाडौं । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने भन्दै दुईवटा मन्त्रालय आफैं राख्ने प्रस्ताव गरे ।

प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिने बेलामा पक्षमा मतदान गरेको लोसपालाई सरकारमा ल्याउने विषयमा पहल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । मंगलबार बसेको बैठकले मन्त्रालयको भागबन्डा करिब टुंगो लागेको नेताहरुले बताएका छन् ।

नेताहरुबीच भएको सहमतिअनुसार ६ मन्त्रालय कांग्रेसले राख्नेछ । त्यसमध्ये कांग्रेसका चारजना मन्त्री भइसकेका छन् । जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले चार चार मन्त्रालय पाउनेछन् भने माओवादीले पाँच मन्त्रालय पाउने छ । माओवादीका यसअघि दुईजना मन्त्री बनिसकेका छन् । अब भने तीनजना मन्त्री माओवादीका तर्फबाट थप हुनेछन् ।

(लोसपा) का नेता राजेन्द्र महतोले अहिले नै सरकारमा जाने कुनै निर्णय नभएको बताए । “हामीले विश्वासको मत दिएका हौँ तर सरकारमा जाने विषयमा निर्णय भएको छैन,”    उनले भने, “अहिले सरकारमा जाने भन्ने कुरा आउँदैन । तर गठबन्धनबीच पहिले कुरा मिलोस्, मन्त्रालयको भागबण्डा मिलोस् अनि हामी छलफल गरौँला ।” उनले गठबन्धनको भाग मिलेर प्रस्ताव आएमा आफूहरु छलफल गर्न तयार रहेको बताए । “सरकार मुख्य एजेन्डा होइन,” उनले भने, “पहिले गठबन्धनको भाग मिलेर प्रस्ताव आयो भने छलफल गरौँला ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend