फाइल तस्बिर ।
काठमाडौं । प्रतिनिधिसभामा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् ।
सभामुख सापकोटाले सदन सञ्चालनमा बाधा नगर्न आग्रह गरे । बैठकलाई सुव्यवस्थित बनाउनका लागि बस्नका लागि पनि सांसदहरूलाई उनले आग्रह गरे ।
प्रतिपक्षी एमालेले केही समययता संसद्मा अवरोध गर्दै आएको छ । सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएको सर्वदलीय बैठक समेत एमालले बहिस्कार गरेको थियो । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न या मार्गप्रशस्त गर्न सभामुखसमक्ष माग गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend