शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

के आजै मन्त्रिपरिषद् विस्तार होला त ? यसो भन्छन् नेताहरु

के आजै मन्त्रिपरिषद् विस्तार होला त ? यसो भन्छन् नेताहरु

 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । लामो समयदेखि सरकारलाई पूर्णता दिन नसकेको भनेर आरोप खेपिरहेका प्रधानमन्त्री देउवाले भने आजै सरकारलाई पूर्णता दिने भएका हुन् । यसको लागि उनले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग सहमतिसमेत गरिसकेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले समेत आजै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै चौधरीले भने,‘आजै मन्त्रिपरिषद् विस्तार हुन्छ । सकेसम्म आजै सपथ पनि हुन्छ ।’ उनले मन्त्रालयको भागबण्डा पनि मिलिसकेको जनाए । तर, नेकपा (एकीकृत समाजवादी) का अर्का नेता विरोध खतिवडाले भने मन्त्रालयको भागबण्डा भने अझै नमिलेको प्रतिक्रिया दिए । उनले भने,‘शीर्ष नेताहरु बसेर आजै मन्त्रालयको भागबण्डा टुँगो लगाउने सहमति भएको छ ।’

उता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि आजै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । आज आयोजित बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले सकेसम्म आजै मन्त्रीहरु नियुक्त गरिने र सपथ गराउने खुलासा गरेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend