शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लोसपाले जसपासँग गठबन्धन नगर्ने

लोसपाले जसपासँग गठबन्धन नगर्ने

 

काठमाडौं । सप्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिने बताएका छन् ।

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसकिने बताएका हुन् ।

‘हामी एकता गरेर बलियो पार्न खोज्यौं । उपेन्द्रजीहरुले निर्वाचन आयोगमा गएर फुटाइदिनुभयो’ महतोले भने, ‘त्यसैले चुनावी तालमेल गर्न गाह्रो हुन्छ ।’

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन भएको थियो । वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend