शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

 

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसदका दुवै सदन सहज रुपमा चल्न पाइरहेका छैनन् ।

यस्तो छ आजको सम्भावित कार्यसूची

राष्ट्रपतिको कार्यालयको पत्र

१। सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने ।

प्रतिवेदन पेश

२। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८’ सभा समक्ष पेश गर्ने ।
व्यवस्थापन कार्य

३। विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने ।

४। माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले तपसिल बमोजिमका विधेयकहरुलाई सभासमक्ष पेश गर्ने ।
(क) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८

(ख) यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८

५। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले

(क) ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ग) ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(घ) ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend