काठमाण्डौं । लामो समय सम्म मौन बसेका राम प्रसाद रिजालले नेकपा एकिकृत समाजवादीका पक्षमा मुख खोलेका छन । हिजो एक कार्यक्रममा बोल्दै समाजवादीका पक्षमा मौनता टोड्दै मुख खोलेका हुन । उनले माधव नेपाल पक्षका भीम रावल, योगेश भट्टराई लगाएतका कार्यदलका सदस्यहरुले नै एमाले पार्टी फुटाएको आरोप लगाएका छन ।
कार्यदलका अधिकांस सदस्यहरु ओलीको लम्पसार परी पार्टीलाई विधिः विधानमा हिडाएर बलियो बनाउने भन्दा पनि पार्टी एकताको नाममा ओलीसंग व्यक्तिगत डिलिङ्ग गरेको र वार्तालाई पार्टी एकता भन्दा आफ्नो व्यक्तिगत मनोकांक्षा पुरा गर्न लागेको उनले बताए ।
नेपाल पक्षका कार्यदलका सदस्यहरु लाग्दा ओलीलाई पार्टी विभाजन गर्न झन हौसाएकोले ओली पार्टी एकता नगर्ने मनशायले एक पक्षीय ढंगले महत्वपूर्ण निर्णय गरी माधव नेपाल र झलनाथ पक्षलाई एमालेमा छिर्ने झ्याल ढोका नै ओलीले बन्द गरेर एमाले विभाजन गरेको आरोप समेत उनले लगाए ।
मान्छे सधै प्रभावशाली शक्तिशाली राष्ट्रबादी र जनप्रेमी हुन उसले लिने बाटो सधै सत्यको पक्षमा न्यायको पक्षमा हुनुपर्छ भन्दै रिजालले गद्बारहरुको पछी लाग्नेहरू राजनीतिमा केहीबेर पनि टिक्न नसक्ने दाबी गरे ।
ओलीसंग बिकेर कार्यदलको सदस्यहरुले माधव कुमार नेपाललाई बाईपास गरेर एक पक्षीय ढंगले गरिएको १० बुदे सहमतिको नाटक नै एमाले विभाजनको प्रमुख कारण बनेको उनको भनाई छ ।
उनले भने, ‘हिजो ओली संग एकता गर्नु हुदैन भनेर चर्को चर्को भाषण गर्नेहरूले ओली संग आज त्यसरीनै कुरा गर्न सकेको भए एमाले भाद्र नलागी नै एकता भैसक्थ्यो ।”
रिजालले ओलीको गतिविधि उनको बालकोटको घरको बार्दलीमा बोलेको भाषण सुन्दा ओली एमालेको अध्यक्ष हुन की के हुन रिजालले आफैलाई प्रतिप्रश्न गरे ।
ओलीका नजिकका व्यक्तिहरुले ओलीले जती मनपरी गर्दै गए पनि ओलीलाई स्यावास हजुर राम्रो गर्नुभयो भन्दै झन गलत बाटोमा जान उकासिरहेको उनले बताए ।
उनले भने, ‘ओलीको सत्तामोह तानशाही प्रवृत्तिको कारण विशाल नेपाल कम्युनिस्ट पार्टी ३ टुक्रा भयो ।”ओलीले एमाले समाप्त गरे आगामी हुने निर्वाचनमा गणतन्त्रवादी एक हुदां ओलीको प्रत्यक्ष चुनावमा ओलीले पनि नजित्ने र ओलीको पार्टीले १ सिट पनि नल्याउने उनले दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend