काठमाण्डौं । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले हिन्दु अधिराज्य र राजसंस्था मुलुकको लागी अपरिहार्य रहेको बताएका छन । आज खबरब्रेकिङ संग कुराकानी गदै शर्माले यस्तो बताएका हुन ।
मुलुकमा हिन्दु अधिराज्य र राजसंस्था नभए नेपालको अस्तित्व कायम नरहने शर्माले स्पस्ट पारे । उनले भने, ‘हिन्दु अधिराज्य र राजसंस्था अपरिहार्य छ । यो भएन भने नेपालको अस्तित्व कायम रहदैन । जनतामा चेतना छिटो जाग्नु पर्ने आबश्यकता देखियो ।” उनले बिदेशिको इसरामा हिन्दु अधिराज्य र राजसंस्था फालिएको दाबी गरे । उनले भने, ‘हिन्दु अधिराज्य र राजसंस्था फाल्ने काम दलहरुले बिदेशिको इसरामा गरे । त्यो गलत थियो । अहिले आएर केही दलका ठूला नेता पछुताएका पनि छन ।” अब छिटै हिन्दु अधिराज्य र राजसंस्था कायम हुने बातावरण निर्माण भइरहेको बिश्लेषक शर्माले खुलसा गरे ।
राजनीतिक दलहरु सरकार चलाउन असफल भएको र उनीहरुले देश चलाउन नसक्ने शर्माले दाबी गरे । राजनीति दलहरु सत्ता स्वार्थ बाहेक देश र जनताको बारेमा नसोचेको उनको भनाई छ । अब यसरी देश चल्न नसक्ने र जनता जाग्नु पर्ने बेला आएको उनले बताए । हिन्दु अधिराज्य र राजसंस्था कायम राख्न देशभरीबाट जनता उठिरहेको जानकारी समेत उनले दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend