शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

झलनाथ खनालले भीम रावल लगायतका नेताहरुलाई के भने त्यस्तो ? छिन भरमै तरंग

झलनाथ खनालले भीम रावल लगायतका नेताहरुलाई के भने त्यस्तो ? छिन भरमै तरंग

फाइल तस्बिर ।

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विदेशीको इसारामा चल्ने व्यक्ति भएको आरोप लगाएका छन् । अनेरास्ववियू केन्द्रीय स्थायी कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीमा दक्षिणपन्थी अवसरवाद र व्यक्तिवादी भएको पनि बताए ।

उनले ओलीको त्यही गलत प्रवृत्तिलाई दस भाइले स्वीकार गरेको आरोप पनि लगाए । ओलीको दासत्व स्वीकार गर्नु उनीहरूको गम्भीर भुल भएको खनालको भनाइ छ ।

त्यस्तै उनले ओली विर्सजन र विखण्डन गरी कम्युनिस्टलाई समाप्त पार्ने गलत कामका नाइके भएको आरोप पनि लगाए । अनेरास्ववियूमा पनि ओलीका नव मण्डलेहरूलाई परास्त गर्नुपर्ने उनले बताए ।

नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरूले अन्तिममा आएर माधव नेपालको साथ छोडेका थिए । खनालले टेलिफोनमार्फत सम्बोधन गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend