शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मधेसी जनतासँगको विभेद अन्त्य नभएसम्म संघर्ष जारी रहने महन्थ ठाकुरको चेतावनी

मधेसी जनतासँगको विभेद अन्त्य नभएसम्म संघर्ष जारी रहने महन्थ ठाकुरको चेतावनी

फाइल तस्बिर।

 

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतासँगको विभेद र अन्याय कायमै रहेको बताएका छन्।उनले संघीयतापछि कैयौँ सरकार फेरिए तर मधेसी जनतासँगको विभेद र अन्याय कायमै रहेको बताए ।

अध्यक्ष ठाकुरले मधेसी जनतासँगको विभेद अन्त्य नभएसम्म आफूहरूको संघर्ष जारी रहने चेतावनी दिए । जिरोमाइल युवा कमिटीको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा शनिबार अध्यक्ष ठाकुरले संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदन दुवैबाट संघर्ष जारी राख्ने बताए।

उनले मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा, नागकिता विधेयक, मधेस आन्दोलनका कतिपय मुद्दा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा रहेकाले फिर्तालगायत माग पूरा नभएसम्म संघर्ष जारी नै रहने बताए। ठाकुरले सरकारमा जानु ठूलो कुरा नरहेको भन्दै उनले आफूहरूको माग र मुद्दा सम्बोधन गर्ने कुनै पनि सरकारमा जान तयार रहेको बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend