काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा (एमाले)को जारी विधान महाधिवेशनलाई निभ्ने बेला चम्किएको बत्तीसँग तुलना गरेका छन्।
भट्टराईले शनिबार बिहान ट्विट गर्दै विधान महाधिवेशनलाई केपी ओलीको कुम्भ मेला भएको र कुम्भ मेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्‚ ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘लुटको धन फुपूको श्राद्ध’ भन्ने उखान झै अहिले सोझा जनतालाई केही समय भ्रममा पारेको आरोप लगाएका छन्। भट्टराईले लेखेका छन्‚ ‘लुटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर, अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ।’
ओली नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेल भएको उनको भनाइ छ। भट्टराइले लेखेका छन्‚ ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो। चेतना भया।’
खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया !
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend