शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेसले एक्लै चुनाव लडेर बहुमत ल्याउँछः गगन थापा

कांग्रेसले एक्लै चुनाव लडेर बहुमत ल्याउँछः गगन थापा

 

 

काठमाण्डौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । कसैसँग गठबन्धन नगरी कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी छ ।

थापाले १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्‍याउनुपर्ने बताए । काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने बताए ।

कम्युनिष्ट, मधेसवादी वा राप्रपा मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो रहेको थापाले बताए । कांग्रेसको अहिलेकै अवस्थाबाट देश र जनतालाई ढुक्क बनाउन नसकिने बताउँदै उनले भने, ‘पार्टीभित्र शुद्धीकरण गर्नुपर्छ, सुधार गर्नुपर्छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend