शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

परिस्थितिले साथ नदिएपछि कलाकार हुन सकिनः ‘प्रचण्ड’

परिस्थितिले साथ नदिएपछि कलाकार हुन सकिनः ‘प्रचण्ड’

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन् ।

सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले सानैदेखि गीत गाउने इच्छा भएपनि परिस्थितिले साथ नदिएको र कलाकार हुन नसकेको बताएका हुन् ।

गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी रहेको उनको भनाइ छ । उनले गीत संस्कृति, खेल क्षेत्र राष्ट्रको गौरवको विषय भएको धारणा राखे । राजनीतिक कार्यक्रम निराश हुने र आजभोलि गालीगलौज पनि हुन थालेको उनले बताए

उनले लोकसंस्कृति सम्बन्धी कार्यक्रममा सहभागी हुदा रिल्याक्स महसुस गरेको उल्लेख गरे । कार्यक्रममा बिभिन्न कलाकार, पत्रकार लगाएतलाई सम्मान गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend