शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भारतको प्रतिष्ठित पत्रिकाको आवरणमा डा उपाध्याय

भारतको प्रतिष्ठित पत्रिकाको आवरणमा डा उपाध्याय

 

 

काठमाडौं । नेपालका कीर्तिमानी गीतकार तथा साहित्यकार डा डि आर उपाध्यायलाई भारतको एउटा प्रतिष्ठित पत्रिकाले आफ्नो आवरणमा प्रस्तुत गरेको छ ।

मुम्बईबाट प्रकाशित हुने मासिक पत्रिका ‘फिल्म्स टुडे’ ले यही अक्टोबर महिनाको अंकमा डा उपाध्यायलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

पत्रिकाले विभिन्न ५९ विधामा विश्व कीर्तिमान कायम गर्न सफल डा उपाध्यायलाई आवरणसहित विभिन्न छ वटा पृष्ठमा प्रस्तुत गरेको छ ।

पत्रिकाले डा उपाध्यायका लागि ‘द ५९ वल्र्ड रेकर्ड होल्डर, मास्टर ब्लास्टर, वल्र्ड्स रिनाउन्ड लिरिसिष्ट एण्ड नोभलिष्ट फ्रम नेपाल’ अर्थात ‘५९ वटा विश्व कीर्तिमान कायम गर्ने नेपालका लोकप्रिय गीतकार तथा उपन्यासकार डा डिआर उपाध्याय’ भन्दै शीर्षक बनाएको छ ।

पत्रिकाका प्रकाशक तथा सम्पादक श्याम सिंघानियाले आफ्नो सम्पादकीयमा समेत ‘भारतको छिमेकी मुलुक नेपालका बहुप्रतिभाशाली व्यक्तित्व तथा ५९ वटा विश्व कीर्तिमान (विश्वास गर्नुहोस् अथवा वेहोस् हुनुहोस्) कायम गर्न सफल डा धर्मराज उपाध्याय’ लाई प्रस्तुत गरेका छौं, यस्ता व्यक्तित्वलाई हाम्रा पाठकसमक्ष प्रस्तुत गर्न पाउँदा गौरवान्ति भएको’ उल्लेख गरेका छन् । पत्रिकाले डा उपाध्यायले हालसम्म विश्व कीर्तिमान कायम गरेका सम्पूर्ण विषयहरु समेत उल्लेख गरेको छ ।

पत्रिकाले यसअघि सलमान खान, अमिताभ बच्चन, अजय देवगण, शाहश्रख खान, गोविन्द, अक्षय कुमार, दीपिका पादुकोण आदिले आफ्नो आवरणमा चित्रण गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend