शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रचण्ड, मोहन बैद्य, डा बाबुराम भट्टराई र विप्लव आज एउटै मञ्चमा सहभागी हुने

प्रचण्ड, मोहन बैद्य, डा बाबुराम भट्टराई र विप्लव आज एउटै मञ्चमा सहभागी हुने

 

 

काठमाण्डौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि विप्लवसम्मका पूर्वमाओवादी नेताहरु आज एउटै मञ्चमा सहभागी हुने भएका छन्। जनयुद्धमा गाइएका गीतहरु समेटेर लेखिएको ‘सपनाको प्रतिबिम्ब’ संग्रहको विमोचनका सन्दर्भमा जनयुद्धमा सहभागी भएका नेताहरू एउटै मञ्चमा उपस्थित हुन लागेका हुन्।

तनहुँका दिलिपकुमार श्रेष्ठले लेखेको उक्त संग्रहको दिउँसो १ बजे प्रज्ञा प्रतिस्ठानमा विमोचन हुँदैछ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा सहभागी हुन लागेका हुन्। जनयुद्धको क्रममा डा भट्टराई क्रान्तिकारी जनपरिषद् नेपालका संयोजक थिए भने विप्लव पश्चिम कमाण्ड इन्चार्ज थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend