आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

आजको प्रतिनिधिसभामा ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची

आजको प्रतिनिधिसभामा ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाण्डौं । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान १० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा समितिका प्रतिवेदनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी मन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ प्रस्तुत गर्नेछिन्। यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैबीच, अर्थसमिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत आज बस्ने कार्यक्रम रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend