आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

प्रगति महिला उत्थान सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न

प्रगति महिला उत्थान सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको बालाजु–१६ मा रहेको संस्थाको साधारणसभा शनिबार असोज १० गते बसुन्धारास्थित यति इभेन्ट, ढिकुरे चौकीमा सम्पन्न भएको हो।

साधारणसभामा संस्थाका अध्यक्ष सिर्जना दाहालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। उनले संस्थाले वर्षभरि गरेका गतिविधि, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित कार्यक्रमबारे सभामा जानकारी गराएकी थिइन्।

साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। त्यस्तै, आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम पारित गर्ने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, शेयर लाभांश तथा संरक्षित पुँजीकोष वितरण गर्ने विषयमा समेत छलफलका प्रस्ताव राखिएका थिए।

सभामा संस्थाको विनियम, आन्तरिक नीति, निर्देशिका तथा कार्यविधि संशोधन, सञ्चालक समितिका निर्णय अनुमोदन, ऋण अपलेखन तथा निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयनलगायतका विषय पनि छलफलका लागि प्रस्तुत गरिएका थिए।

संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्यलाई साधारणसभामा उपस्थित भई संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा भावी योजनाबारे जानकारी लिन र संस्थाको नीति तथा कार्यक्रम निर्माणमा सहभागी हुन आह्वान गरेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend