काठमाडौं । म्हेपी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित म्हेपीमा रहेको संस्थाको साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
संस्थाका सञ्चालक समिति अध्यक्ष रत्न शंकर जोशीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष जोशीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनासम्बन्धी विषयमा छलफल भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव रजनी अधिकारीले गरेकी थिइन्।
संस्थाले आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम, लेखा परीक्षकको नियुक्ति, प्रस्तावित शेयर लाभांश, आन्तरिक कार्यविधि तथा निर्देशिका संशोधन, भवन निर्माण र संस्थाको नाममा दर्ता भएका गैरबैंकिङ सम्पत्ति बिक्रीलगायतका विषयलाई साधारण सभाको कार्यसूचीमा समावेश गरेको थियो। २०५४ सालमा स्थापना भएको म्हेपी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं महानगरपालिका–१६, नयाँबजार, म्हेपीमा रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend