आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

१५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि दीपक गुरुङको उम्मेदवारी

१५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि दीपक गुरुङको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गुरुङले पार्टीको १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा आफूलाई अगाडि बढाउने घोषणा गरेका छन्।
तीन दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै आएका गुरुङले विशेषगरी शैक्षिक तथा खेलकुद क्षेत्रसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन्। पार्टी संगठन र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गुरुङले आगामी महाधिवेशनमार्फत आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित उम्मेदवारी दिन लागेको बताएका हुन्।
गुरुङले आफ्नो उम्मेदवारीलाई सफल बनाउन काठमाडौं क्षेत्र नम्बर ४ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, अग्रज नेता, शुभेच्छुक तथा युवा पुस्ताका साथीहरूबाट साथ, सहयोग, शुभेच्छा र अमूल्य मतको अपेक्षा गरेका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिवसमेत रहेका गुरुङले पार्टीको नीति, संगठन सुदृढीकरण र सामाजिक क्षेत्रमा आफूले गर्दै आएको भूमिकालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गुरुङले भनेका छन्, “तीन दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै विशेषगरी शैक्षिक, खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु। यस १५औँ महाधिवेशनमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा आफूलाई अगाडि बढाउन चाहन्छु। सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, अग्रज नेताहरू, शुभेच्छुक साथीहरू तथा मेरा प्यारा युवा भाइबहिनीहरूको साथ, सहयोग, शुभेच्छा र अमूल्य मतको अपेक्षा राखेको छु। धन्यवाद, जय नेपाल।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend