आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

फिनोभेटिभ ग्रुपको पहिलो साधारण सभासम्पन्न, दीर्घकालीन लगानी र दिगो प्रतिफलमा जोड

फिनोभेटिभ ग्रुपको पहिलो साधारण सभासम्पन्न, दीर्घकालीन लगानी र दिगो प्रतिफलमा जोड

ललितपुर। लगानी क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवस्थित र दीर्घकालीन लगानीको भरपर्दो माध्यमका रूपमा अघि बढिरहेको फिनोभेटिभ ग्रुप प्रा लिको प्रथम साधारण सभा असोज ३ गते शनिबार सम्पन्न भएको छ। ललितपुर महानगरपालिका–७, ग्वार्कोमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भई व्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको छ। कम्पनीले हालसम्म सूचीकृत तथा सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूमा लगानी गर्दै लगानी क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिसकेको जनाएको छ।

साधारण सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको स्थापना, उद्देश्य, हालसम्मको प्रगति, आगामी रणनीति तथा सामाजिक उत्तरदायित्वबारे जानकारी गराउनुभयो। उहाँले फिनोभेटिभ ग्रुपलाई व्यवस्थित, पारदर्शी र दीर्घकालीन लगानीको भरपर्दो माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।सभामा कम्पनीका सञ्चालक जनक तिवारीले कम्पनीको वित्तीय अवस्था, हालसम्मको प्रगति तथा भावी कार्ययोजना प्रस्तुत गर्दै कम्पनीको जारी पुँजी रु। १० करोड तथा चुक्ता पुँजी रु। ४ करोड १६ लाख रहेको जानकारी दिनुभयो।उहाँले संस्थागत आधारलाई थप सुदृढ गर्दै योजनाबद्ध लगानी, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिइने बताउनुभयो। साथै, उहाँले स्थापनाको पहिलो वर्षमै कम्पनीले बलियो जग बसालेको र आगामी आर्थिक वर्षदेखि शेयरधनीहरूलाई उत्साहजनक प्रतिफल प्रदान गर्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

साधारण सभामा लगानी समिति सदस्य अर्जुन पन्थी र शुक्रराज डंगोलले तीनवर्षे वित्तीय प्रक्षेपण तथा विकास योजना प्रस्तुत गर्नुभयो। उहाँहरूले कम्पनीको पुँजी रु ३० करोड पुर्‍याउने लक्ष्यसहित जोखिम र प्रतिफलको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा लगानी विस्तार गर्ने तथा दीर्घकालीन मूल्य सिर्जनामा जोड दिने योजना प्रस्तुत गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि अर्जुनकुमार श्रेष्ठले कम्पनीले छोटो अवधिमै पारदर्शी आधार निर्माण गरेको उल्लेख गर्दै दिगो विकासका लागि स्पष्ट उद्देश्य, पारदर्शी कार्यशैली र दीर्घकालीन सोच आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। सल्लाहकार परिषद् सदस्य भरत नेपालले संस्थाको सफल यात्राका लागि तीव्र गतिभन्दा पनि स्पष्ट गन्तव्य, दृढ प्रतिबद्धता र योजनाबद्ध अगाडि बढाइ महत्वपूर्ण हुने बताउँदै कम्पनी सोही लक्ष्य र दिशासहित अघि बढिरहेको स्पष्ट पार्नुभयो।

फिनोभेटिभ ग्रुपले पुँजी बजार, सेवामूलक क्षेत्र, उत्पादनमूलक उद्योग तथा अन्य सम्भावनायुक्त व्यावसायिक क्षेत्रमा योजनाबद्ध र जिम्मेवार लगानी विस्तार गर्ने नीति लिएको जनाएको छ। जोखिम र सम्भावित प्रतिफलको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा लगानी निर्णय गर्दै पुँजी संरक्षण, सुशासन, वित्तीय अनुशासन र दिगो प्रतिफललाई प्राथमिकता दिने कम्पनीको योजना रहेको छ। पारदर्शी व्यवस्थापन र प्रभावकारी पुँजी परिचालनमार्फत शेयरधनी तथा सरोकारवालाको विश्वास सुदृढ गर्दै दीर्घकालीन आर्थिक मूल्य सिर्जना गर्ने लक्ष्यका साथ फिनोभेटिभ ग्रुपले भविष्यमा विश्वसनीय, पारदर्शी र परिणाममुखी लगानी कम्पनीका रूपमा आफ्नो पहिचान थप सुदृढ बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend