काठमाडौंं। नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले २९औँ वार्षिक साधारणसभा सफलतापुर्वक सम्पन्न गरेको छ। २९औँ साधारणसभा अन्तर्गत संस्थाले भदौ २७ गते र असोज ३ गते इकाई सभाहरु आयोजना गर्दै असोज ७ गते निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो। सभा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न भएको हो।
२९औँ वार्षिक साधारणसभाले यस सहकारीको वार्षिक तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। सभामा अध्यक्ष कृष्ण प्रसाद सिटौलाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सविना ढकालले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले संस्थाको लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको छ।
संस्थाको २९ औं साधारणसभाले नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन पनि सम्पन्न गरेको छ। सभामा सर्वसम्मत रूपले सम्पन्न निर्वाचनबाट नयाँ संचालक समितिका अध्यक्षमा सविना ढकाल निर्वाचित भएकी छन्।
त्यस्तै, उपाध्यक्षमा शिव प्रसाद सिटौला, सचिवमा खिलनाथ घिमिरे, काेषाध्यक्षमा बद्रि सेढाईं र सदस्यहरूमा मुकुन्द राज पाण्डे, निर्मला सेढाईं र सुशीला पाण्डे चयन भएका छन्।
त्यस्तै, लेखासुपरिवेक्षण समितिका संयाेजकमा विशाल कँडेल तथा सदस्यमा सरिता महर्जन र निर्मला खरेल निर्वाचित भएका छन्।

समीक्षा आर्थिक वर्ष २०८२/८३ मा यस संस्थाको शेयर पूँजी रु. ९ करोड १७ लाख ७ हजार ७ हजार २ सय ९,१७,०७,२००/- तथा कुल संस्थागत पूँजी रू. २१ करोड १७ लाख ८५ हजार ६ सय ३१ ( २१,१७,८५,६३१.३२ ) रहेको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ। संस्थाको निक्षेप रू. २ अर्ब १५ करोड ८० लाख ९६ हजार ६ सय २० ( २,१५,८०,९६,६२०.४८) र कर्जा लगानी रु. १ अर्ब ३३ करोड ६७ लाख २९ हजार ९ सय २८ (१,३३,६७,२९,९२८.८९) रहेको छ। त्यस्तै , संस्थाको कुल सम्पत्ति रू. २,७१,९५,१६,२८४.६६ रहेको छ भने जगेडा कोषमा रु. २१,०७,३१,६३१.३२ रहेको छ।
यस नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आजकै दिनबाट स्थापनाको २९ वर्ष सफलतापूर्वक पुरा गरी ३०औं वर्षमा प्रवेश गरेको छ। यस अवधिमा संस्थाले विभिन्न आरोह, अवरोह तथा चुनौतीपूर्ण अवस्थाको सामना गर्दै सदस्यहरुको हितमा समर्पित रहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend